पेरिस । यस वर्ष अर्थात् सन् २०२५ को बालोन डि’ओर वितरण समारोह सेप्टेम्बर २२ तारिखमा पेरिसको थियात्रे डु शात्लेमा आयोजना हुने भएको छ । यो मिति अघिल्ला संस्करणहरूभन्दा करिब एक महिना अगाडि सारिएको आयोजक फ्रान्स फुटबलले जनाएको छ ।
पछिल्ला केही वर्षहरूमा यो कार्यक्रम अक्टोबरको अन्त्यतिर गरिँदै आइएको थियो ।
यस वर्षको अवार्डको सबैभन्दा महत्वपूर्ण विशेषता लैंगिक समानता रहेको छ । पहिले पुरुषहरूलाई मात्र दिइँदै आएका सर्वश्रेष्ठ गोलकिपर, उत्कृष्ट युवा खेलाडी र सर्वाधिक गोलकर्ताजस्ता उपाधि अबदेखि महिलाहरूलाई पनि दिइने छ ।
बालोन डि’ओरका लागि मनोनयनमा पर्ने खेलाडीहरूको नाम अगस्ट १५ भित्र सार्वजनिक गरिनेछ । यसअघि क्लब विश्वकप र नेसन्स लिग फाइनल फोरका खेल सम्पन्न हुनेछन् ।
यसपटकको बालोन डि’ओरमा कुनै स्पष्ट मनोनीत छैनन् । यसैले यो संस्करण हालसम्मकै सबैभन्दा खुला र प्रतिस्पर्धात्मक मानिएको छ ।
सम्भावित विजेताको रूपमा चर्चामा आएका खेलाडीहरूमा लामिन यमाल, राफिन्हा, उस्मान डेम्बेले, लाउटारो मार्टिनेज, ह्यारी केन, पेड्री, रोबर्ट लेवान्डोस्की र किलियन एम्बाप्पेजस्ता नामहरू अगाडि छन् ।
Facebook Comment
Comment