काठमाडौं । राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती रविशाल थापा पौडेलको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । सुरुमा सो रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । सो दरपिठविरुद्धको निवेदनमा पनि सर्वोच्च अदालतले दरपिठलाई सदर गरेको छ ।
आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपिठतविरुद्धको निवेदनमा सुनुवाइ गर्दै अन्तिम आदेश गरेको हो ।
अब सो रिट दर्ता नहुने भएसँगै पौडेललाई गभर्नर नियुक्त गर्न हाललाई कुनै कानुनी झमेला नहुने देखिएको हो । आज मात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको थियो । उनको नाममा सहमति जुटेसँगै गभर्नर सिफारिस समितिको बैठकसमेत बोलाइएको छ ।
Facebook Comment
Comment