एक सातासम्मका लागि संसद् बैठक स्थगित

नेपालभ्युज

एक सातासम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले भूमिसम्बन्धी विधेयक विचार गरियोस् प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै भूमिसम्बन्धी विधेयक संशोधनका लागि खुला गरिएको हो ।

भूमिसम्बन्धी विधेयकमा धारणा राख्दै सांसदहरूले विधेयकमा अध्यादेशका प्रावधान जस्तो त्यस्तै समेटिएको भन्दै विरोध जनाएका थिए ।

कतिपय सांसदहरूले यस विधेयकले भूमिहीनलाई नभए भू माफियालाई हित गर्ने मत राखेका थिए ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भने सांसदहरूको उक्त जिकिर सही नभएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved