सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइयो

नेपालभ्युज

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइयो

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइएको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

जनमतका अध्यक्ष सिके राउतको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुने बताइएको छ ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved