गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

नेपालभ्युज

गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । भूमी सम्बन्धी विधेयक विचार गरियोस् प्रस्ताव पेसका लागि गणपूरक संख्या नपुगेको हो ।

नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्ताव पेसका लागि एक-चौथाइ सांसद संख्या अनिवार्य छ । संख्या कम देखेपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

त्यसपछि सभामुखले तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या यकिन गर्दा सांसद संख्या ६५ मात्रै थियो ।  संसद सञ्चालनका लागि ६९ सांसद हुनुपर्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved