कल्भर्टबाट लडेर एक जनाको मृत्यु

नेपालभ्युज

कल्भर्टबाट लडेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

झापा । भद्रपुर नगरपालिका–१० निवासी निगे राईको लडेर मृत्यु भएको छ ।

भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सडकबाट १० फिट अग्लो कल्भर्टबाट लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । बिहान ८ बजे घरबाट हिँडेका उनी के कारणले कल्भर्टबाट लडेका हुन् कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved