प्रिमियर लिग च्याम्पियन लिभरपुल ब्राइटनसँग स्तब्ध

नेपालभ्युज

प्रिमियर लिग च्याम्पियन लिभरपुल ब्राइटनसँग स्तब्ध

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको छ । सोमबारराति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

दुई पटकको अग्रतालाई जोगाउन नसक्दा लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको हो। ब्राइटनका लागि खेलको ८५औं मिनेटमा ज्याक हिन्सेलवुडले गरेको गोल निर्णायक सावित भयो।

यो जितसँगै ब्राइटनले ३७ खेलमा ५८ अंक जोडेको छ र लिगको आठौं स्थानमा उक्लिएको छ। यद्यपि, लिभरपुल अझै पनि समान खेलबाट ८३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved