काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (आईएफएफएचएस)ले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई ‘सर्वकालीन उत्कृष्ट खेलाडी’ घोषणा गरेसँगै विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ । पछिल्लो हप्ता सार्वजनिक गरिएको आईएफएचएसको सूचीमा मेसीलाई शीर्ष स्थान दिइएको हो ।
यो सूची व्यक्तिगत तथा सामूहिक उपाधिका आधारमा तयार गरिएको आईएफएचएसले जनाएको छ । मेसीले हालसम्म कुल ४६ उपाधि जितेका छन् । मेसीले सर्वाधिक ८ वटा बलोन डि’ओर र स्पेनिस क्लब बार्सिलोनाबाट ३५ उपाधि जितेका छन् । यस्तै उनले पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट, अमेरिकी क्लब इन्टर मयामीबाट र अर्जेन्टिनाबाट विभिन्न स्तरमा ६ उपाधि समावेश छन् । उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ मा विश्वकपको उपाधि जितेको थियो । यससँगै उनी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।
दोस्रो स्थानमा ब्राजिलियन लेजेन्ड पेले छन् । उनले सन् १९५८, १९६२ र १९७० का तीन विश्वकप जितेका थिए । तेस्रो स्थानमा अर्जेन्टिनाका अर्को महान् खेलाडी डिएगो म्याराडोनालाई दिइएको छ, जसले सन् १९८६ मा विश्वकप जितेका थिए र १९९० मा उपविजेता बनेका थिए ।
चौथो स्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको स्थानप्रति धेरैले आपत्ति जनाएका छन् । यद्यपि उनी फुटबल इतिहासका सबैभन्दा धेरै गोल गर्ने खेलाडी (९३५ औपचारिक गोल) हुन्, उनले कहिल्यै विश्वकप जित्न सकेनन् । तर उनले रियल म्याड्रिडबाट थुप्रै उपाधि जितेका छन् । उनी नेतृत्वको पोर्चुगल सन् २०१६ मा युरोपियन च्याम्पियन बनेको थियो ।
आईएफएचएसको शीर्ष १० खेलाडीको सूचीमा कुनै पनि स्पेनिस खेलाडी अटाउन सकेनन् । तर सूचीमा तीनजना अर्जेन्टिनी (मेसी, म्याराडोना र डी स्टेफानो) र समान ब्राजिलियन (पेले, रोनाल्डो र रोनाल्डिन्हो) समावेश छन् ।
स्टेफानोले अर्जेन्टिना छोडेर स्पेनिस राहदानी लिँदै पछि स्पेनबाट खेलेका थिए । तर उनलाई स्पेनिस खेलाडी मानिएकाे छैन ।
हेराैं सूची :

आईएफएचएसको यो सूचीले विश्वभर सामाजिक सञ्जालदेखि खेलकुद विश्लेषकहरूसम्म व्यापक बहस र आलोचना जन्माएको छ, जुन स्वाभाविक रुपमा फुटबलप्रेमीबीचको सदाबहार बहसको अर्को अध्याय बनेको छ । –स्पेनिस पत्रिका मार्काको सहयोगमा
चौथो फाइनलिसिमाको लामो प्रतीक्षा
Facebook Comment
Comment