२० लाखभन्दा बढीको हुन्डी रकमसहित एक जना पक्राउ

नेपालभ्युज

२० लाखभन्दा बढीको हुन्डी रकमसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२४, जुद्दसालिकबाट प्रहरीले २० लाख २९ हजार ६२० रुपैयाँ बराबरको हुन्डी रकमसहित सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भई काठमाडौं, पेप्सीकोला बस्ने २४ वर्षीय संजय बस्नेतलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बस्नेतलाई  खानतलासी गर्दा उक्त रकम र अन्य सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

१,००० दरका १,७७९ थान, ५०० दरका ५०१ थान, १०० दरको १ थान र २० दरको १ थान नोट बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै आईफोन र विभिन्न बैंकका हस्ताक्षर गरिएका तथा खाली चेक ३० थान बरामद गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved