स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन

नेपालभ्युज

स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन

काठमाडौं । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो ।

केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ आइरहेको गाडीमा सुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले गोसाइँकुण्ड गाउँपालिका–२ बाट करिब साढे सात किलो पहेँलो धातु बरामद गरिएको बताए ।

उनले भने, ‘स्याउको डिब्बा बोकेको गाडीमा तलासी गर्दा पहेँलो धातु फला परेको छ ।’ उनका अनुसार प्रहरीले सो गाडीका ड्राइभर र गाडीलाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved