काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले पूर्वी नेपालका प्रमुख शहर विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडलाई लक्षित गरी तीन दिने निःशुल्क सर्भिस क्याम्प तथा होन्डा एलिभेट गाडीको परीक्षण सवारी (टेस्ट ड्राइभ) कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम विराटनगरस्थित सुविधा अटो सर्भिस सेन्टर (होन्डाको आधिकारिक सर्भिस केन्द्र)मा सम्पन्न भएको हो ।
कार्यक्रमअन्तर्गत ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गरिएको थियो । जसअनुसार लेबर चार्जमा २०५ रुपैयाँ, पार्ट्समा ७५ रुपैयाँ र लुब्रिकेन्टमा ५५ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, सन् २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीले निर्धारण गरेका गाडीहरूमा होन्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एअरब्याग परिवर्तन समेत गरिएको कम्पनीले जनाएको छ ।
स्याकार ट्रेडिङ कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्तै सेवा प्रदान गर्ने जनाएको छ ।
Facebook Comment
Comment