दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो ।

प्रसाईंमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए । त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए । त्यसपछि उनी फरार थिए । भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved