घट्यो सेयर बजार, साढे ८ अर्बको कारोबार

नेपालभ्युज

घट्यो सेयर बजार, साढे ८ अर्बको कारोबार

काठमाडौं । सेयर बजार लगातार घटिरहेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा झरेको छ ।

आज ३०९ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रि-इन्स्योरेन्स कम्पनीको ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आइतबार १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ ।

होटेल तथा पर्यटन समूहको १.११ प्रतिशत, माइक्रोफाइनान्सको ०.२७ प्रतिशत र ‘अन्य’को परिसूचक ४.१९ प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved