काठमाडौं । भारतको हैदराबादस्थित चारमिनार नजिकै गुलजार हाउस नामक भवनमा आगलागी भएको छ ।
घटनामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ, जसमा ८ बालबालिका पनि छन् । घटनाको समयमा भवनमा ३० भन्दा बढी व्यक्तिहरू उपस्थित थिए ।
तेलंगाना अग्नि विपद् प्रतिक्रिया आपतकालीन तथा नागरिक रक्षा विभागले यसको पुष्टि गरेको छ ।
आगो निभाउन ११ वटा दमकल घटनास्थलमा पुगेका थिए । आगो निभाउन उनीहरूले २ घण्टा कडा परिश्रम गर्नुपरेको थियो ।
आगलागीको कारण सर्ट सर्किट भएको बताइएको छ, तर आधिकारिक रूपमा पुष्टि भएको छैन । साथै, दुर्घटनामा भएको सम्पत्तिको क्षतिको अनुमान सकिएको छैन ।
अग्नि नियन्त्रण विभागकाअनुसार आइतबार बिहान ६:१६ बजे आगलागीको जानकारी प्राप्त भएको थियो, त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।
धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ । भवन ३ तलाको थियो, आगो भुइँ तल्लामा लागेको थियो । मरेका सबै मानिसहरू यही तलामा बस्थे ।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यस घटनाप्रति दुःख व्यक्त गरेको छ ।
साथै, प्रधानमन्त्री कार्यालयले घोषणा गरेको छ, “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५०,००० रुपैयाँ दिइनेछ ।”
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
Facebook Comment
Comment