रविको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

नेपालभ्युज

रविको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश
फाइल तस्वीर ।

कास्की । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।  उच्च अदालत पोखराले लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको हो ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेका छन् ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए ।  आइतबारका उच्च अदालतले मसिल प्रमाण झिकाउन भनेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले  पुस २५ मा  लामिछानेलाई ६५ लाख धरौटीमा तारेखमा छाड्न आदेश दिएको थियो । उक्त आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।  लामिछानेले आफू सामान्य तारिखमा रिहा हुनुपर्ने माग गरेका थिए ।  सरकारी वकिलले उनलाई थुनामै राख्नुपर्ने माग गरेका थिए ।  दुवै निवेदनमाथि बिहीबारबाट सुनुवाइ सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved