दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा

नेपालभ्युज

दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा

काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ती विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सुनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved