पत्रकार सुरेश रजकको परिवारले दिए मानव अधिकार आयोगमा निवेदन

नेपालभ्युज

पत्रकार सुरेश रजकको परिवारले दिए मानव अधिकार आयोगमा निवेदन

काठमाडौं । तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

सुरेशकी श्रीमती सुजनी मगियालगायतले रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घटनाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन् ।

‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमान्‌को रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको थियो । उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ । र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु । र शिघ्र न्यायको माग गर्दछु,’ निवेदनमा भनिएको छ ।

निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घटना फास्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएर आयोगले काम गरेको बताइन् । अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अब एक/दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्नेसमेत जानकारी गराइन् ।

उनले भनिन्,‘यो घटनाको अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले एकदम गम्भीरतापूर्वक लिएको विषय हो यो । अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्तासमेत गरिसकेको छौं । एक दुई दिनमा यो कुराहरु हामी मिडियामा लिएर आउने छौं । हामीले के देख्यौं के पायौं भनेर ।’

त्यस्तै, उनले यस घटनामा आयोगले बाहिरबाट दुई जना विज्ञसमेत ल्याएर अनुसन्धान गरेको जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved