प्रचण्डलाई काँक्रो उपहार

नेपालभ्युज

प्रचण्डलाई काँक्रो उपहार

दैलेख । नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक किसानले काँक्रो उपहार दिएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।

खड्काले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुशी व्यक्त गरेका थिए । उनी डोकोमा काँक्रो लिएर स्वागतमा आएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved