पाकिस्तानले शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा मुद्दा प्रस्तुत गर्ने

नेपालभ्युज

पाकिस्तानले शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा मुद्दा प्रस्तुत गर्ने

काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतसँगको हालैको तनावको बारेमा विश्वव्यापी स्तरमा पाकिस्तानको पक्ष प्रस्तुत गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहबाज शरीफले उनलाई यो जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री शरीफले आफूलाई सम्पर्क गरेर अन्तर्राष्ट्रिय स्तरमा शान्तिको लागि पाकिस्तानको मुद्दा प्रस्तुत गर्न प्रतिनिधिमण्डलको नेतृत्व गर्न आग्रह गरेको भुट्टोले सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले यो जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस गरिरहेको पनि बताए ।

यता, भारतले पनि आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे जानकारी गराउन सुरक्षा परिषद्‌मा रहेका पाँच राष्ट्रसहितका मुलुकमा संसदीय प्रतिनिधिमण्डल पठाउने भएको छ ।

पहलगाममा आतंवकवादी हमलापछि पाकिस्तानमा आतंकवादीलक्षित अपरेसन सिन्दुर चलाउनुको कारण र आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे सात मुलुकलाई जानकारी गराउन लागेको हो । त्यसका लागि भारत सरकारले सर्वदलीय प्रतिनिधिमण्डल बनाएको छ । ६ दल सम्मिलित प्रतिनिधिमण्डलमा कूटनीतिज्ञ पनि रहने छन् ।

सरकारले गठन गरेको प्रतिनिधिमण्डलमा भारतीय कङ्ग्रेस पार्टीबाट शशी थरूर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved