न्युयोर्कमा मेक्सिकोको नौसेनाको जहाज पुलमा ठोक्कियो

नेपालभ्युज

न्युयोर्कमा मेक्सिकोको नौसेनाको जहाज पुलमा ठोक्कियो

काठमाडौं । मेक्सिकोको नौसेनाको एक जहाज शनिबार साँझ न्युयोर्क शहरस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ।

एक विशेष कार्यक्रममा सहभागी हुन गइरहेको उक्त जहाज पुलमुनिबाट पार हुने क्रममा  पुलमा ठोक्किएको दुर्घटनाको एक भिडिओमा देखाइएको छ।

भिडिओमा मस्तूल ठोक्किँदा त्यसका टुक्राहरू जहाजमा खसेको देखिन्छ। यस घटनामा केही व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनालगत्तै न्युयोर्क शहरको आपत्कालीन सेवा टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो। मेक्सिकोको नौसेनाले एक विज्ञप्ति जारी गर्दै ब्रुकलिन पुलमा जहाज ठोक्किएर क्षति पुगेको पुष्टि गरेको छ। साथै, घटनाका सम्बन्धमा अनुसन्धान थालिएको  नौसेनाले जनाएको  छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved