३ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ।

नेपालभ्युज

३ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय रहेको जानकारी दिएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ।

महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी स्थानको मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा भने एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।

आज रातिको लागि कोशी, मधेश, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहनेछ।

आज सूर्योदय बिहान ५:१३ बजे भएको हो भने सूर्यास्त साँझ ६:४८ मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved