काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति मुख्तर बाबायेभबीच शिष्टाचार भेट भएको छ ।
प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए ।
उनले हिमालदेखि समुद्रसम्मको अवधारणमाा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुपर्ने बताए ।
सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुदायसमक्ष पुर्याउने बताए ।
भेटका अवसरमा नेपालका लागि अजरबैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
Facebook Comment
Comment