भीम रावललाई प्रचण्डको प्रस्ताव – सहकार्य गरौं

नेपालभ्युज

भीम रावललाई प्रचण्डको प्रस्ताव – सहकार्य गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावललाई सहकार्यको प्रस्ताव राखेका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा सभालाई सम्बोधन गर्दै उनले फोनमार्फत सहकार्यको प्रस्ताव राखेको बताए ।

“म यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं को-कोसँग कुरा गरिराख्नुभएको छ भनेको छु । आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भनेँ,” प्रचण्डले भने ।

रावलसहित इमानदार कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved