इजरायलले गाजामा सुरु गर्‍यो नयाँ अपरेसन

नेपालभ्युज

इजरायलले गाजामा सुरु गर्‍यो नयाँ अपरेसन

काठमाडौं । इजरायली सेनाले हमासको अन्त्य र बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न गाजामा नयाँ अपरेसन सुरु गरेको छ ।

इजरायली रक्षा बलले आफ्नो हिब्रू एक्स खातामा लेखेको छ, “अपरेसन गिदोनको रथको लागि आफ्नो सेना जम्मा गरिएको छ । यस अपरेसनको उद्देश्य गाजा पट्टीमा अवस्थित प्रमुख रणनीतिक क्षेत्रहरूको नियन्त्रण प्राप्त गर्नु हो ।”

इजरायल रक्षा बलले आफ्नो अंग्रेजी एक्स खातामा यस अपरेसनको नाम प्रयोग गरेको छैन । उक्त पोस्टमा भनिएको छ, “यो अपरेशसन तबसम्म जारी रहनेछ, जबसम्म हमासले इजरायली बन्धकहरू र इजरायलको लागि खतरा सृजना गर्दैन ।”

इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजा पट्टीका १५० भन्दा बढी स्थानहरूलाई निशाना बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved