काठमाडौं । मण्डला थिएटर नेपालको प्रस्तुति नाटक ‘ऋतुराग’ एक संवेदनशील सांगीतिक यात्रा हो, जसले जीवनसँगै बग्ने ऋतुहरूको रङ, भावना र धुनलाई नाटकमार्फत अभिव्यक्त गरेको छ ।
सुदीप खतिवडाको परिकल्पना, लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘ऋतुराग’ दृश्य, ध्वनि, शरीरको अभिव्यक्ति र भावनाको समन्वयमार्फत प्रकृतिको लयसँग जोडिने एउटा सजीव प्रयास हो ।
जेठ २ गतेदेखि नियमित मञ्चन भएको यो नाटकले बाल्यकालदेखि जीवनका हरेक मोडमा हामीसँगै यात्रा गरेका ऋतुहरूको स्मृतिलाई कहिले मौन रूपमा, त कहिले चिरपरिचित अनुभूतिमा उजागर गर्छ । कहिले वसन्तको मधुर संगीतझैँ लाग्ने त कहिले वर्षातको गर्जनसरी गुञ्जिने यो नाटकले हाम्रा निजी स्मृतिहरूलाई पनि स्पर्श गर्न खोज्छ ।
दिपेश काफ्लेको सह-निर्देशक रहेको नाटकमा कलाकारहरू दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रूजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरेको अभिनय रहेको छ ।
मण्डला थिएटर नेपालले नाट्य सिजन २०८२/८३ का लागि घोषणा गरेको ११ जना निर्देशकको नाटकहरु मध्ये यो पहिलो नाटक हो । यो नाटक जेठ १८ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ६:३० बजे र शनिवार दिउँसो २:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
हेरौं तस्वीर –

Facebook Comment
Comment