केदारनाथमा हेलिकोप्टर दुर्घटना, पछाडिको भाग भाँचियो

नेपालभ्युज

केदारनाथमा हेलिकोप्टर दुर्घटना, पछाडिको भाग भाँचियो

काठमाडौं । भारतको केदारनाथमा बिरामीलाई लिन गएको सञ्जीवनी हेलिकोप्टर आपत्‌कालीन अवतरणको क्रममा दुर्घटना भएको छ ।

हेलिकोप्टर केदारनाथ हेलिप्याडमा अवतरण गर्ने प्रयास गरिरहेको थियो, तर यसै क्रममा यसको पछाडिको भाग अचानक भाँचियो ।

दुर्घटनाको समयमा हेलीकोप्टरमा एम्स ऋषिकेशका एक डाक्टरसहित दुई जनाको मेडिकल टोली रहेको थियो । अहिलेसम्म प्राप्त जानकारीअनुसार पाइलट र मेडिकल टोली सुरक्षित रहेको बीबीसी हिन्दीले जनाएको छ ।

जिल्ला पर्यटन विकास अधिकारी तथा नोडल हेली सेवा अधिकारी राहुल चौबेका अनुसार “केदारनाथ धामको दर्शन गर्न आएकी एक महिला भक्तलाई सास फेर्न गाह्रो हुन थाल्यो । उनको अवस्था बिग्रँदै गएको देखेर राज्य सरकारको हेली एम्बुलेन्स सेवा सञ्जीवनीको सहयोग लिइयो ।एम्सको एक मेडिकल टोली हेलिकोप्टरमार्फत केदारनाथ पुग्दै थियो, जसमा एक डाक्टर र एक नर्सिङ स्टाफ थिए ।”

चौबे भन्छन्, “केदारनाथको मुख्य हेलिप्याडमा अवतरण गर्नुअघि हेलिकोप्टरमा केही प्राविधिक गडबडी भयो । पाइलटले समयमै परिस्थिति बुझे र हेलिप्याडभन्दा ठीक अगाडि समतल सतहमा अवतरण गर्नु राम्रो ठाने । तर, अवतरणको क्रममा हेली एम्बुलेन्सको पुच्छरको रोटर भाँचियो ।”

चौबेले यस विषयमा प्राविधिक अनुसन्धान डीजीसीएले गर्ने र त्यसपछि मात्र सही जानकारी उपलब्ध हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved