मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ : माधव नेपाल

नेपालभ्युज

मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाकाबारे उजागर हुनुपर्ने बताएका छन् ।

३२औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा बिभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

घटनाको छानबिन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले विचार मिल्नेहरुसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने बताए । – हिमालयन टेली भ्वाइस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved