पोथीलाई खुशी बनाउन आकर्षक गुँड बनाउँदै तोप चरा (तस्वीरहरू)

नेपालभ्युज

पोथीलाई खुशी बनाउन आकर्षक गुँड बनाउँदै तोप चरा (तस्वीरहरू)

काठमाडौं । तोप चरा (जसलाई ‘कोटेरो’, ‘सुजेरो’ वा ‘बकेचो’ भनेर पनि चिनिन्छ) एक आकर्षक र चञ्चल शिल्प चरा हो ।

हेर्दा मनमोहक लाग्ने यो चरा घाँस, पराल र रेसा बोकेर गुँड बनाउने सिपालु चरा हो, जसले मानिसलाई मोहित बनाउँछ।

काठमाडौं उपत्यका वरपर उपयुक्त ठाउँ भेट्टाएपछि यो गुँड बनाउने गर्छ । यसको मुख्य आहार धान र गेडागुडी भएकाले यो प्रायः खेतबारी र पोखरी आसपास देखिन्छ ।

रोचक कुरा के छ भने भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुशी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।

तस्वीर – नेपाल न्यूज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved