सर्वोच्चको आदेशप्रति ट्रम्पको टिप्पणी – अमेरिकाको लागि खराब र खतरनाक दिन

नेपालभ्युज

सर्वोच्चको आदेशप्रति ट्रम्पको टिप्पणी – अमेरिकाको लागि खराब र खतरनाक दिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी डिपोर्ट कार्य रोक्ने सर्वाेच्च अदालतको आदेश ‘खतरनाक’ भनेका छन् ।

सर्वोच्चले ट्रम्प प्रशासनद्वारा लागू गरिएको आप्रवासी डिपोर्टेसन योजनामा अस्थायी रोक लगाउन आदेश दिएको छ । साथै, आप्रवासीलाई कानुनी प्रक्रियामा भाग लिन पनि अवसर दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस आदेशको विरोध गर्दै ट्रम्पले ‘अमेरिकाको लागि खराब र खतरनाक दिन’ भनेका हुन् । उनले राष्ट्रिय सुरक्षा र आप्रवासी नीति विरुद्धको कदमको रूपमा प्रस्तुत गरेका छन् ।

यस निर्णयको प्रभावले ट्रम्पको आप्रवासी नीति र कार्यकारी शक्तिको सीमा निर्धारण गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ । आगामी दिनहरूमा यस विषयमा थप कानुनी र राजनीतिक बहस हुने अपेक्षा गरिएको छ ।

ट्रम्पको आप्रवासीलाई डिपोर्ट गर्ने कदम अमेरिकी सर्वोच्च अदालतले रोक्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved