धार्के-सीतापाइला सडक : नागढुंगा-नौबीसे खण्डमा हुने जामको विकल्प (तस्वीरहरू)

नेपालभ्युज

धार्के-सीतापाइला सडक : नागढुंगा-नौबीसे खण्डमा हुने जामको विकल्प (तस्वीरहरू)
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । प्रायः जाम भइरहने नागढुंगा-नौबीसे सडकखण्डको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् ।

नागढुंगा–नौबीसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला–भीमढुंगा–धार्के सडक प्रयोग गर्न थालेका थिए । अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन् । यो सडकको दूरी २४ किलोमिटर रहेको छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरूलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयबासीको बाध्यता अन्त्य भएको छ ।

यो सडकबाट देखिने मनमोहक तरकारी फाँट र इँटाभट्टाले पनि यात्रुलाई लोभ्याउने गरेको छ । मोटरसाइकलमा यात्रा गर्ने प्रायः यसको मज्जा लिइरहेको देख्न सकिन्छ ।

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा–नौबीसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्णरुपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved