भारत-पाकिस्तान तनावले रोकिएको आईपीएल आजबाट पुनः सुरु हुँदै

बैंगलोर र कोलकाता आमने-सामने

नेपालभ्युज

भारत-पाकिस्तान तनावले रोकिएको आईपीएल आजबाट पुनः सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज (शनिबार)बाट पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो ।

१८औँ संस्करणको जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलोरमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो ।

आईपीएलका बाँकी खेलहरू बैंगलोर, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved