रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । राप्रपा वरिष्ठ अध्यक्ष रवीन्द मिश्र थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको हो । चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको भन्दै उनी पक्राउ परेका थिए । उनलाई आठ पटकसम्म म्याद थप गर्दै हिरासतमा राखिएको थियो ।

गैरकानुनी थुनामा राखेको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दिएका थिए । मिश्र४९ दिनपछि हिरासतमुक्त भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved