यू–१९ साफ : नेपाल बङ्गलादेशसँग पराजित हुँदै सेमिफाइलबाटै बाहिरियो

नेपालभ्युज

यू–१९ साफ : नेपाल बङ्गलादेशसँग पराजित हुँदै सेमिफाइलबाटै बाहिरियो

काठमाडौं । नेपाल बङ्गलादेशसँग पराजित हुँदै यू–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।

अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलअन्तरले पराजित भएसँगै उपाधि दौड रोकिएको छ ।

बङ्गलादेशका लागि असिकुर रहमानले ७४ र नजमुल फ्यासलले ८१ औँ मिनेटमा एक–एक गोल गरेका थिए । नेपालका लागि सुजन डङ्गोलले ८६ मिनेटमा सान्त्वना गोल फर्काए ।

नेपाललाई हराएर फाइनलमा पुगेको बङ्गलादेशले अब भारत र माल्दिभ्सको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved