जोगबुडा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुँदै 

नेपालभ्युज

जोगबुडा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुँदै 

काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका मातहतको १५ शैय्याको जोगबुढा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी स्वीकृति दिएको हो ।

नगर प्रमुख भरत जोशी यो सबै नगरबासीका लागि खुसीको क्षण रहेको बताउँछन् । ‘नगरबासीले आफ्नै गाउँ ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाउनुपर्छ भन्ने हाम्रो मान्यता थियो । त्यसैअनुरूप हाम्रो निरन्तरको प्रयास, लामो र झन्झटिलो प्रक्रिया पार गर्दै सार्थक भएको छ’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved