५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

नेपालभ्युज

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
सांकेतिक तस्वीर ।

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाका एक इन्जिनियर ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

प्रहरीले महोत्तरीको भंगहा नगरपालिका–२ स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बिहीबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो।

आयोगका अनुसार, यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने गरेको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा आयोगले  उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारले पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved