जिप दुर्घटनामा दुई जना घाइते

नेपालभ्युज

जिप दुर्घटनामा दुई जना घाइते
सांकेतिक तस्वीर

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क१ज ३७ नम्बरको जिप दुर्घटना हुँदा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए ।

घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिप सडकदेखि २०० मिटर तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved