भारतमा समस्या आउँदा काठमाडौंलगायत नेपालभर केहीबेर अन्धकार

नेपालभ्युज

भारतमा समस्या आउँदा काठमाडौंलगायत नेपालभर केहीबेर अन्धकार

भारतमा समस्या आउँदा बिहीबार साँझ काठमाडौंसहित देशभर धिकांश स्थानमा बिजुली गएको छ।

भारतमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालमा पनि परेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पाकारले जानकारी दिए । उनले नेपाल भ्युजसँग भने, ‘भारतमा समस्या देखियो । त्यसको फल्ट नेपालमा पनि भयो । अनि नेपालभर विद्युत् आपूर्तिमा समस्या भयो ।’

उनका अनुसार अहिले समस्या समाधानको प्रयास भइरहेको छ । फल्ट पत्ता लगाउँदै विद्युत् आपूर्ति सुरु गरिएको उनले जानकारी दिए । अहिले भने धेरैजसो स्थानमा विद्युते आपूर्ति सुरु भएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved