सगरमाथा आरोहण गर्दै काङ्ग्रेस महामन्त्री शर्मा

नेपालभ्युज

सगरमाथा आरोहण गर्दै काङ्ग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा काङ्ग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गरेका छन् ।

वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन् । आज राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन् ।

विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कूल एक हजार एकसय ४० ले अनुमति पाएका हुन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved