काठमाडौंबाट चोरी भएको माइक्रो बससहित धादिङमा एक पक्राउ

नेपालभ्युज

काठमाडौंबाट चोरी भएको माइक्रो बससहित धादिङमा एक पक्राउ

काठमाडौैं । काठमाडौंबाट चोरी भएको माइक्रो बससहित  धादिङबाट एक जना पक्राउ परेका छन्।

बिहीबार काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रो बस चोरी भएको थियो।

प्रहरीले चोरीमा संलग्न १९ वर्षीय सुदिप थापालाई धादिङबाट पक्राउ गरेको छ। थापा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपील राज बोहराले दिएको जानकारी अनुसार, थापाले बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङबाट उक्त माइक्रो बस चोरेका थिए।

प्रहरीले हाल थापालाई चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved