सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

नेपालभ्युज

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठामडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।

सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए ।

फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट बिहीबार विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पुर्‍याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved