रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो, भोलि पेसी

नेपालभ्युज

रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो, भोलि पेसी

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको छ ।

मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले यसअघि कारण देखाउसँगै अदालत उपस्थित गराउन आदेश दिएको थियो । त्यहीअनुसार मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरण रिटसम्बन्धी मामिला हेर्ने शाखामा उनको रिट पेस भएको छ । सूचना अधिकारी पाण्डेका अनुसार मिश्रको रिटमाथि सुनुवाइ गर्न शुक्रबार पेसी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved