इजरायली हवाई आक्रमणमा ९४ प्यालेस्टिनीको मृत्यु

नेपालभ्युज

इजरायली हवाई आक्रमणमा ९४ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ९४ प्यालेस्टिनीको मृत्यु भएको छ ।

धेरैजसो मानिसहरू गाजाको दक्षिणमा रहेको शहर खान युनिसमा मारिएको बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलले बताएअनुसार बिहान २ बजे (स्थानीय गाजा समय) देखि उद्धार टोलीले खान युनिसबाट ५६, उत्तरी गाजाको बेत लाहियाबाट चार र मध्य गाजाको देइर अल-बलाहबाट दुई जनाको शव निकालेको छ ।

यी हवाई आक्रमणमा मारिनेहरूमा महिला, बालबालिका र एक नवजात शिशु छन् ।

प्रवक्ता महमूद बसलले भने, “यस आक्रमणमा खान युनिसका एक परिवारका १३ सदस्यको पनि मृत्यु भएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved