इन्दु बर्माको विस्फोटक ब्याटिङमा बहराइनमाथि नेपालको जित

नेपालभ्युज

इन्दु बर्माको विस्फोटक ब्याटिङमा बहराइनमाथि नेपालको जित

काठमाडौं । विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ । थाइल्यान्डमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको हो । समूह सी मा रहेको नेपालले बहराइनलाई दुवैपटक पराजित गरेको हो ।

बहराइनले १३औं ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि डीएलएसअनुसार नेपाले ७ ओभरमा ५६ रनको लक्ष्य पायो । जसमा नेपालले ६ विकेटको जित हात पारेको हो । कप्तान इन्दु बर्माले विस्फोटक ब्याटिङ गरी नेपाललाई दोस्रो जित दिलाइन् ।

बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् । यस्तै पुजा महतोले ११ बलमा १३ रन बनाउँदा सम्झना खड्काले पाँच बलमा पाँच रनको योगदान दिइन् ।

प्रतियोगितामा नेपालले हङकङसँगको एक खेलमा हार व्यवहोरेको थियो भने अर्को खेलमा पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved