करोडौंको अफर रहेको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु

नेपालभ्युज

करोडौंको अफर रहेको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु

काठमाडौं । ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को पूर्व ३ संस्करणको सफलतापछि अझै धेरै अफर, उपहार र उत्साहका साथ चौथो संस्करण यही जेष्ठ १ देखि सुरु गरेको छ ।

यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ, जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्युन्सरसँग प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस जात्राअन्तर्गत ५ जनाले Vespa LX 125 जित्न सक्नेछन्, 9 जनाले Honor X8c स्मार्टफोन जित्न साथै प्रयोगकर्ताहरूले Ultima साउन्ड बार, स्मार्ट घडी, एअर बडदेखि सयौँ उपहारहरू जित्न सक्नेछन् ।

पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन् । यस संस्करणमा खल्तीले ‘जात्रा ब्याटलग्राउन्ड’ सुरुवात गरेको छ जसको चर्चा हामी गर्ने नै छौँ ।

जेठ १ देखि असार ३२ सम्म चल्ने ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी ४ राउन्ड रहेको छ ।

प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू Vespa LX 125 को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । ४ वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौँ Vespa LX 125 जित्न सक्नेछन् । कुल मिलाएर एक प्रयोगकर्ताले Vespa LX 125 जित्ने ५ वटा मौका पाउनेछन् ।

गत वर्ष जस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ । । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन्, जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् ।साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा Honor X7B स्मार्टफोन जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ ।

यस संस्करणको मुख्य आकर्षण हो, ‘जात्रा ब्याटलग्राउन्ड’ । ‘सेयर अ कोड’ को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ । पहिलो हप्ता 2B Gamer ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ ।

दैनिक रूपमा ‘खुत्रुके’ फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी, एअर बड जस्ता Ultima प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्डमार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन् ।

पेमेन्ट जात्राबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को हामी चौथो संस्करणमा छौँ र गत ३ वर्षका संस्करण भन्दा अझै परिष्कृत र नयाँ स्वरूपमा प्रयोगकर्ता माझ पस्किन पाउँदा हामी निकै नै उत्साहित छौँ । विगतका अफरमा जस्तै यस अफरमा पनि लाखौँ प्रयोगकर्ताहरू सहभागी हुनुहुनेछ र यस अफरले हाम्रो डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्षलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved