माओवादीको मध्यपहाडी जनजागरण अभियान : शुक्रबार बैतडीबाट सुरु हुँदै, आज डडेल्धुरामा बास

नेपालभ्युज

माओवादीको मध्यपहाडी जनजागरण अभियान : शुक्रबार बैतडीबाट सुरु हुँदै, आज डडेल्धुरामा बास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले शुक्रबार (जठ २ गते)देखि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गर्दै छ ।

‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ पदइएको यो अभियान जेठभर सञ्चालन गरिने सो पार्टीले जनाएको छ ।

अभियानको उद्घाटन जेठ २ गते सुदूरपश्चिमको बैतडीको पाटनमा हुनेछ । अभियानको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले गर्नेछन् ।

अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १/१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले १/१ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्नुपर्ने छ ।

कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभालाई यही अभियानकै कार्यक्रमको रुपमा समावेश गरिने र बाँकी जिल्लामा अनुकूल समयमा जनसभा आयोजना हुनेछ ।

लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागू गरी १ /१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था गर्ने तय भएको माओवादीले जनाएको छ ।

जसअनुसार आज (बिहीबार) बेलुका डडेल्धुरामा बास बस्ने कार्यक्रम छ । यसपछि शुक्रबार बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद हुने तय छ ।

यसअघि माओवादी केन्द्रले तराई–मधेस जागरण अभियान सञ्चालन गरेको थियो ।

अभियानको तालिका :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved