नागढुङ्गा घटना: हातपातमा संलग्न दुई प्रहरी जिम्मेवारीबाट हटाइए

नेपालभ्युज

नागढुङ्गा घटना: हातपातमा संलग्न दुई प्रहरी जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौंको नागढुङ्गामा  प्रहरी कर्मचारीहरूबीच भएको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देखिएका दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सार्वजनिक भएलगत्तै दुवै प्रहरीलाई हालको जिम्मेवारीबाट हटाई छानबिन थालिएको हो।

उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरी संगठनभित्र अनुशासन र आचरणको विषयमा गम्भीर प्रश्न उठेको छ। घटनाको विस्तृत छानबिनपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved