प्राधिकरणको बक्यौता ४८ अर्ब नाघ्यो, आधा हिस्सा ट्रङ्क र डेडिकेटेड लाइन

नेपालभ्युज

प्राधिकरणको बक्यौता ४८ अर्ब नाघ्यो, आधा हिस्सा ट्रङ्क र डेडिकेटेड लाइन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम ४८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार यो रकम अघिल्लो वर्षको तुलनामा ८.८८ प्रतिशतले बढेको हो।
प्रतिवेदनले कुल बक्यौतामध्ये करिब आधा हिस्सा ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फको रहेको उल्लेख गरेको छ। प्राधिकरणका ५९ वटा ग्राहकबाट ट्रङ्क तथा डेडिकेटेड लाइन बापत असुल गर्न बाँकी रकम २३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ, जुन कुल बक्यौताको ४८.५७ प्रतिशत हो।
यस अतिरिक्त सडक बत्ती बापत असुल हुन बाँकी रकम ६ अर्ब ८९ करोड रुपैयाँ रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखाले बक्यौता असुलीमा सुधार गर्नुपर्ने र राजस्व सुरक्षणमा ध्यान दिनुपर्ने सुझाव पनि दिएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved