विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक छैन : महालेखा

नेपालभ्युज

विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक छैन : महालेखा

काठमाडौं । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले नेपाल विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक नरहेको टिप्पणी गरेको छ। बुधवार सार्वजनिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान खाता यथार्थ चित्र प्रस्तुत नगरेको जनाएको हो ।

प्रतिवेदनले तिन वटा आधार दिँदै प्राधिकरणको नाफा वास्तविक नरहेको जनाएको छ । पहिलो, कतिपय पुँजीकृत गर्नुपर्ने सम्पत्तिलाई निर्माणाधीन सम्पत्तिमा लेखाएको । दोस्रो, स्थिर सम्पत्तिहरूमा ह्रास खर्च कम देखाएको । र तेस्रो, नियमनकारी निकायलाई तोकिएको सेवा शुल्कको व्यवस्था नगरेको ।

महालेखाका अनुसार, प्राधिकरणले यस आर्थिक वर्षमा क्षयीकरण खर्चबापत ५ अर्ब १६ करोड १८ लाख रुपैयाँ लेखांकन गरेको छ ।

यो खर्च विगतमा डेडिकेटेड र ट्रङ्क लाइनतर्फको बक्यौताको जरिवाना बापत आम्दानीका रूपमा बाँधिएको रकममा सरकारद्वारा गठित विभिन्न आयोगहरूको महसुल छुट सिफारिसलाई मध्यनजर गर्दै गरिएको हो ।

महालेखाले लेखांकन प्रणालीमा पारदर्शिता र जिम्मेवारी अभिवृद्धि गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved