पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

नेपालभ्युज

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको छ। न्यायाधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

यसअघि, यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म निर्माण कार्यलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो।

त्यसपश्चात्, न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा बोलाएको थियो। दुवै पक्षको बहस र छलफलपछि न्यायाधीशद्वय सुवेदी र मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेको हो।

सर्वोच्चको यो आदेशसँगै पाथिभरामा केबलकार निर्माणको काम पुनः अघि बढ्ने भएको छ। आइएमई ग्रुपको लगानीमा यो परियोजना कार्यान्वयन हुँदै आएको छ। अब निर्माण कम्पनीले रोकिएको कामलाई निरन्तरता दिन सक्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved