सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

नेपालभ्युज

सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेकी सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान र थुनछेक बहस सकिएपछि बुधबार सो आदेश दिइएको हो ।

उनी वैशाख १३ गते पक्राउ परेकी थिइन् । सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव थिइन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved